ताजा समाचार

ल्याण्डिङ चक्का बिनै जहाज सुरक्षित अवतरण गराएर ८२ जनाको ज्यान जोगाएपछि….

विमानमा सवार क्रु मेम्बर जो पाइलटका सावधानीका कारण केहि हुन पाएनन्

काठमाडाैं । म्यानमारमा विमान दुर्घटनाबाट एक पाइलटले अचम्मले जोगाएका छन् ।

विमानको ल्याण्डिङ गेयरले काम नगरेपनि पाइलटले विमान सुरक्षित अवतरण गरेर ८२ जना मान्छेको जीवन वचाएका छन् ।

पाइलटले अत्यन्तै सावधानीपूर्वक जहाजको ल्याण्डिङ चक्का बिना नै सुरक्षित अवतरण गराएपछि उनको म्यानमारमा चर्चा सुरु भएको छ । जहाजका पाइलट क्याप्टेन म्यात मोङ आङले गरेको साहसीपूर्व र सावधानीपूर्ण कामको सर्वत्र चर्चाको विषय बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन।

त्यसपछि पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई दुर्घटना हुनबाट जोगाएका हुन् । ‘पाइलटले गज्जब काम गरे,’ म्यानमानरको यातायात र सञ्चार मन्त्रालयका सचिव विन खान्टले भने।

जहाजका पाइलट क्याप्टेनले ल्याण्डिङ गेयरले काम नगरेको थाहा पाएपछि उनले पहिला जहाजको इन्धन सकेका थिए किनकी धेरै इन्धनमा ल्याण्ड गर्दा भार बढी हुन्छ।

सचिव विन खान्टले घटनाको छानबिन भइरहेको जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org