ताजा समाचार

एनआईसी एशिया बैंकको नाफा २ अर्ब २७ करोड ६४ लाख

एनआईसी एशिया बैंकको नाफा १४५ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा एनआईसी एशियाले नाफामा उक्त परिमाणमा सुधार ल्याएको हो ।

अघिल्लो वर्ष चैतसम्म बैंकले ९२ करोड ७६ लाख रुपैंया नाफा कमाएको थियो, यो वर्ष चैतसम्ममा बैंकले नाफाको आकार २ अर्ब २७ करोड ६४ लाख पुर्याएको हो ।

बैंकले ९ महिनाको अवधिमा १४ अर्ब ५० करोड रुपैंया ब्याज आम्दानी र ९ अर्ब १८ करोड ब्याज खर्च गर्दा ५ अर्ब २३ करोड रुपैंया खुद ब्याज आम्दानी गरेको छ । यो आकार अघिल्लो वर्ष २ अर्ब ६५ करोड रुपैंया थियो । गैरब्याज आम्दानीतर्फ पनि बैंकले अघिल्लो वर्षको ५७ करोड ८० करोडको आकार १ अर्ब ४२ करोड ५६ लाख पुर्याएको छ । निक्षेप १५ अर्बले बढाएर १ खर्ब ५४ अर्ब तथा कर्जा लगानी १ अर्बले बढाएर १ खर्ब १६ अर्ब रुपैंया पुर्याएको छ ।

बैंकका वित्तीय सूचकहरु भने मिश्रित देखिएका छन् । बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशतबाछ ०.४५ प्रतिशत पुग्दा लोनलस प्रोभिजन ५२५ प्रतिशतबाट २९५ प्रतिशतमा झरेको छ । बैंकको कस्ट अफ फण्ड ७.८४ बाट घटेर ७.०९ प्रतिशत कायम हुँदा ११.५० प्रतिशत रहेको बेसरेट ९.३० मा झरेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org