ताजा समाचार

सीमा नाकामा हुने अवान्छित गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्छः अग्नी प्रसाद सापकोटा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य अग्नी प्रसाद सापकोटाले तातोपानी नाका खुल्न लागेको कुरा नेपाल र नेपालीकालागि साैभाग्यको कुरा रहेको दाबी गरेका छन् ।

मनाङ-मुस्ताङको यात्राको क्रममा निस्केको स्मरण गर्दै नेता सापकोटाले भने, कोरला नाका पुगेपछि पीडा महशुस भएको जनाए । कोरला नाका पुग्दा त्यसक्षेत्रमा विभिन्न किसिमका अवान्छित गतिविधि (वेतिथि) भेटिएको सुने भन्दै मित्र राष्ट्र चीन नाका खोल्न  हिचकिचाएको दाबी गरे ।

तातोपानी नाका खुल्ने कुरा सिन्धुपाल्चोकका लागि मात्रै नभएर सम्पूर्ण नेपालीका लागि खुशीको कुरा रहेको बताउदे मित्रराष्ट्र चीनको सहयोग समेत अद्भुत रहेको सापकोटाले जनाए ।

चिनियाँको शान्त कुटनिति भएपनि नेपालमा हुने अवान्छनिय गतिविधिलाई नियन्त्रण गर्न सरकार तयार हुनुपर्ने उनले वताए । आफ्नो बिर्वाचन क्षेत्रमा तातोपानी नाका पर्ने भएपनि एक महिना अगाडी त्यहाँ जादा र अहिले त्यहाँ जादादेखिएको कामको प्रगति अत्यन्तै रोचक भएको भन्दै नेपालले समेत कामको स्पिरिड बढाउनु पर्ने जनाए ।

नेपाल-चीनबीच सुरु हुने भनिएका अन्य ६ नाकाहरुलाई व्यवस्थित र नाका खोल्न तयारी गर्नुपर्ने बताए । नेपालको हिमाली क्षेत्रमा बसोबासगर्ने नागरिकको जीवनसँग जोडिएको कलुरा समेत भएकाले सरकारले यस्ता कुराहरुमा ध्यान दिनुपर्ने बेला आएको नेता सापकोटाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org