ताजा समाचार

अर्थमन्त्रीको कुर्सी विशेषज्ञको पद होइनः प्रदीप गिरी

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले सोभियत संघको अन्त्यको कारण मानवअधिकार नै रहेको दाबी गरेका छन् ।

दुई तिहाईको बलियो र स्थिर सरकारलाई लक्षित गर्दै नेता गिरीले सोभियत संघको विघटन (पतन) भएको स्मरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलन जीवित रहने अन्यथा सोहि स्थितिमा पुग्न धेरै समय नलाग्ने वताए ।

सोभियत संघ विघटनले जनताले ३० वर्षमा राज्यको अभिभावकत्व पाएको दाबी गरे । कांग्रेसमा अर्थमन्त्रीको विद्वतावारे कुरा गर्दा हाँसेपनि बजेटमा केहि कमी महशुस भएको वताए ।

सामाजिक न्यायको कुरा कोट्याउदै नेता गिरीले सामाजिक न्याय र अर्थराजनीति अत्यन्तै गाह्रो विषय भएको भन्दै बृद्धिदर र विकास अलग कुरा रहेको दाबी गरे । तर, अर्थशास्त्र जनताले बुज्नै पर्ने विषय रहेको वताए । बजेटमा दिगो विकास र दिगो आर्थिक बृद्धिदर कायम गर्ने लगायत भिन्न ठाँउमा ५/६ पटक उल्लेख गरिएपनि बृद्धिदर र विकास एकैपटक सँगै जान नसक्ने उनको ठम्याइ छ ।

अर्थमन्त्रीको पद विशेषज्ञको पद होइन् । कांग्रेसको पालादेखि नै यसलाई अर्थमन्त्रीलाई विशेषज्ञको पद मान्दै आएको दाबी गर्दै नेता गिरीले भने विपी समेत केहि समय प्रजातन्त्र र मार्क्सबाट प्रभावित बन्दा केहि समय समस्या परेको वताए । तर, पछि विपीले यसलाई ट्याकमा ल्याएर समस्यालाई सामान्ययीकरण गरेको दाबी गरे । यद्यपी कांग्रेस कै पालामा समेत अनविज्ञ नेताहरु यस्तो स्थानमा पुगेको भन्दै सरकारका सामू गोल्डेन अवसर आएको जनाए ।

नेता गिरीले अर्थमन्त्रीलाई भने, बृद्धिदर या विकासमा कुनै एक कुरा छानेर अगाडी बढ्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org