ताजा समाचार

वाइसिएल र युवा संघबीचको एकता टुंगो लागिसक्यो, केहि घण्टा, दिन कुर्नुसः महासचिव विष्णु पाैडेल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवासंग नेपाल र वाइसिएलबीचको एकता जेठ ३ गते घोषणा हुने भएको छ ।

नेकपा महासचिव विष्णु पाैडेलले युवा संघ स्थापना दिवसको अवसरमा बोल्दै भने, हाम्रो महत्वपूर्ण युवा संगठन युवा संघ नेपाल र वाइसिएलबीच एकता घोषणा केहि घण्टा केहि दिनमा हुनेछ ।

मदन-आश्रित स्मृति दिवसको निमन्त्रणा दिदै महासचिव पाैडेलले भने, देश विकासमा युवाको भुमिका महत्वपूर्ण छ । पहिलेको जस्तो युवाहरु आन्दोलनमा जानु पर्ने छैन् । कुरा सिधै सरकारसँग राखन सकिनेछ । यसर्थ हामी देश निर्माणको निमित्ता तयार हुनुपर्छ।

तर, कार्यवहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल आफू वाइसिएल र युवासंघबीचको एकताबारे अनविज्ञ रहेको जनाएका छन् । उनले भने, छिट्टै युवा संगठनहरु एकता भएको खवर सुन्न पाइयोस् । यहि कामना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org