ताजा समाचार

कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्षसहितको टोलीले मन्त्रालय मै पुगेर उपसचिव आचार्यमाथि गर्‍यो हातपात

काठमाडाैं । उद्योग मन्त्रालयका उपसचिव प्रेम प्रसाद आचार्यमाथि कांग्रेस निकट कर्मचारी युनियनले हातपात गरेको छ ।

हुल बाँधेर मन्त्रालय पुगेको कांग्रेस निकट युनियनको समूहले उपसचिव शोभाकर रेग्मीको सरुवा हुनुपर्नेमा अन्यथा भएको भन्दै मन्त्रालय हाताभित्रै उपसचिवमाथि हातपात गरेको हो ।

उद्योगमन्त्री मातृका प्रसाद यादवका नीजि सचिव समेत रहेका आचार्यमाथि हातपात गर्न सिंहगरबार स्थित मन्त्रालयको हाता भित्रै कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारीको ठूलो जत्था पुगेको मन्त्रालय स्रोतले जनाएको छ ।

उपसचिव आचार्यमाथि हातपात भएपछि मन्त्रि यादव उनीहरुलाई अभद्र व्यवहार प्रदर्शन नगर्न आग्र गर्न निस्केको र भीढले आचार्यमाथि प्रहार र होहल्ला गर्न नछाडेपछि सिंहदरबारमा रहेको प्रहरी बोलाइएको थियो । त्यसपछि उनीहरु मन्त्रालयबाट भागेका थिए ।

कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्ष भण्डारीलगायत नेता/कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org