ताजा समाचार

७८ लाख धराैटी बुझाएर छुटे राजनारायण पाठक

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका अख्तियारका पूर्वआयुक्त राजनारायतण पाठक धराैटीमा रिहा भएका छन् ।

विशेष अददालतले उनलाई ७८ लाख धराैटी माग गर्दै रिहा गर्न आदेश दिएपछि पाठक उक्त रकमको बैंक ग्यारेन्टी गर्दै रिहा भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । विशेष अदालतले पाठकलाई आज बुधबार नै बयान लिएको थियो ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org