ताजा समाचार

कञ्चनजंघा हिमाल आरोहणको क्रममा विप्लव वैद्यसहित कुन्तालको मृत्यु !

काठमाडाैं । विश्वको तेश्रो अग्लो हिमाल कञ्वनजंघा आरोहणको क्रममा दुई पर्वतारोहिको मृत्यु भएको छ ।

कञ्चनजंघा आरोहणको क्रममा २ भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा ४८ वर्षीय विप्लव वैद्य र ५२ वर्षीय कुन्ताल करार रहेका छन् ।

पर्यटन विभागका अनुसार दुई भारतीय नागरिकको मृत्यु भएको हो । कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको पर्यटन विभाग निर्देशक मिरा आचार्यले बताएकी छन् ।

काठमाडौंस्थित पीक प्रमोशन प्रालिबाट आरोहनका लागि कञ्चनजंघा पुगेका उनीहरुको मृत्यु भएपछि उनीहरुको शव काठमाडाैं हेलिकप्टर मार्फत ल्याइने भएको छ ।

यस्तै, दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। पर्यटन विभागका अनुसार उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org