ताजा समाचार

अख्तियारको सञ्चार विज्ञमा पत्रकार अधिकारी नियुक्त

पत्रकार शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा नियुक्त भएका छन् ।

अख्तियारले आफ्नो जनसम्पर्क तथा सञ्चार क्षेत्र फराकिलो बनाउन अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ ।

राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचिका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्।अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए ।

यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञ रहिसकेका अधिकारी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत थिए।

उनी भ्रष्टाचारका विषयमा खोजी पत्रकारिता अभिवृद्धि गर्न बारबरा फाउन्डेसनका संस्थापक स्वर्गीय वारवरा एडम्सले स्थापना गरेको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मानको ‘जुरी’ सदस्यका हैसियतले सक्रिय छन् ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अधिकारी दुई दशकदेखि नेपाली पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रका विभिन्न विधामा क्रियाशील छन् । उनले केही संस्थामा आवद्ध भएर एकल तथा सामूहिक खोज/अनुसन्धानमा संलग्न भएर काम गरिसकेका छन्।

उनीसँग कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र समय साप्ताहिक म्यागजिन लगायतमा काम गरेको अनुभव रहेको छ। उनले नेपाली समाजका विभिन्न विधामा मुख्य लेखन तथा सह–लेखनमा केही पुस्तकसमेत प्रकाशित गरेका छन्। उनी केही सामाजिक प्राज्ञिक संघसंस्थासँग पनि सम्बद्ध छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org