ताजा समाचार

मदन भण्डारीले मार्क्सवादलाई जसरी जबजमा ल्याउनु भो त्यसरी नै हामीले क्रान्तिको नयाँ बाटो खोज्नै पर्छः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धा तथा सम्मान व्यक्त गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड मदन-आश्रितको श्रद्धा र सम्मानको उच्च रुप नै पार्टी एकता भएको वताएका छन् । पार्टी एकतालाई अन्तिम रुप दिने काम भएको दाबी गर्दै प्रचण्डले पार्टी एकताको सम्पूर्ण कार्यभार पुरा गर्ने दाबी गरे ।

हजाराैंको बलिदानबाट प्राप्त क्रान्ति र प्रतिक्रान्तिका ठूलाठूला उपलब्धीहरु एकजना मान्छे नमरेर उल्टिने खतरा रहेको भन्दै प्रचण्डले गम्भीरतापूर्वक सचेत रहँदै देशलाई समाजवादतर्फ लैजानैपर्ने बाध्यता रहेको वताए ।

नेता भण्डारीले मार्क्सवादलाई जीवन र जगतको पद्धतिलाई जनतासँग जोडेर रचनात्मक ढंगले अगाडी बढाएकाले उनी मदन भण्डारी बन्न पुगेको जनाए ।

विश्वमा भएका प्रतिक्रान्तिलाई वुझेर डग्मा र प्राग्मालाई चिरेर नेता भण्डारीले नेपाली क्रान्तिलाई साहसको साथ नयाँ कुरा गर्ने आँट गरेकाले राजनीतिक रणनीति रुपमा सफल भएको प्रचण्डको दाबी छ । मदन भण्डारीको विचारलाई आजको आवश्यकता अनुसार विकास गर्दै लैजाने की मदन भण्डारीले भनेकै जस्तो गर्ने ? यो गम्भीर कुरा हो । प्रचण्डले यसैमा थपे, अब मदन भण्डारीले झैं मार्क्सवादलाई जसरी ग्रहण गरेर नया राजनीतिक बाटो स्थापना गर्नु भो त्यसरी नै नयाँ परिस्थितिको चुनाैतिलाई फेस गर्दै अगाडी बढ्ने भन्नेबारे सोच्नै पर्ने बेला आएको दाबी गरे ।

यस्तै प्रचण्डले कम्युनिष्टलाई अधिनायकवादी हुन भन्ने सावित गर्न विभिन्न तत्व लागेपनि वैज्ञानिक आधारका साथै व्यवहारवादी भएर यसलाई चिर्न सफल भएको वताए । पार्टी एकतालाई भाड्न विभिन्न शक्तिकेन्द्रहरु लागेको दाबी गर्दै उनले भने, हाम्रा नेताहरुकोबीचमा फाटो ल्याउन विभिन्न कोसिस गरियो तर, यसबाट हामी डगमगाएका छैनाैं ।

विभिन्न शक्तिकेन्द्रहरुको चासो पार्टी फुटाउने कोसिस नै रहेपनि नेतृत्वले गम्भीरतापूर्वक एकताबद्ध गर्न सफल भएको भन्दै उनले भने, हामी भिन्नै धातुले बनेका हाैं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org