ताजा समाचार

प्रधानमन्त्री ओलीको आक्रोसः राजाले पनि मेरो सरकार भन्थे, राष्ट्रपतिले किन नभन्ने ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गिय नेताहरु मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धा तथा सम्मान व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले जनबर्गिय संगठनमा नेतृत्व पाएका सवै नेताहरुलाई बधाईका साथै मन, चित्त सानो नपार्न आग्रह गरेका छन् । 

यद्यपी प्रधानमन्त्री ओलीले मदन-आश्रित स्मृति विवसको अचसरमा प्रायः समय सरकारको चर्चा र महासचिव विष्णु पाैडेलको वचाउ गर्ने पक्षमा कडा रुपमा उभिएका छन् । सरकारले वालुवाटारको जग्गा आफ्नै सरकारले खोजविन सुरु गरेको भन्दै अनावश्यक आरोप लगाएको भन्दै रोष व्यक्त गरेका छन् । 

यस्तै, प्रधानमन्त्री ओलीले राष्ष्टपति विद्यादेवी भण्डारीको वचाउ गर्दै मेरो सरकार भनेर गरेको संबोधनको वचाउ गर्दै अन्तराष्ट्रिय अभ्यास भएको दाबी गरे । राजाले पनि मेरो सरकार भन्थे । अनि राष्ट्रपतिले मेरो सरकार किन नभन्ने ? नेपाली कांग्रेसले आफूलाई जेठो पार्टी भन्छ । तर, विरोध गर्छ । यो व्यक्तिको विरोध होइन ।, गणतन्त्रको विरोध हो, उनले भने । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org