ताजा समाचार

भाईले दाईको छातिमा बर्षाए गोली, दाईले गरे प्राण त्याग !

पर्सा । जिल्लाको जिराभवानीपुर गाउँपालिकाको वडा नं १ पलुवामा भाईले गोली प्रहार गरेर दाईको हत्या गरेका छन् ।

सामान्य घरायसी विवादका कारण ४८ वर्षिय दाई शेख फारुकलाई ३८ वर्षीय भाई शेख सेरामुद्दिनले कटुवा पेस्तोलबाट छातिमा गोली प्रहार गरेर हत्या गरेका हुन् ।

छातिमा गोली लागेका फारुकलाई विरगंञ्जस्थित नारायणी अस्पतालमा उपचार गर्न लगेपनि त्यहाँ उपचार संभव नभएको भन्दै काठमाडाैं ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भने प्रहरीले भाई सेरामुद्दिनलाई कटुवा पेस्तोलसहित पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org