ताजा समाचार

न्यायधीशले संविधान र कानुनलाई हेरेर फैसाला गर्नुपर्छः न्यायाधीस कार्की

काठमाण्डौ । सर्वोच्च अदालतका न्यायधिश हरिकृष्ण कार्कीले अदालतमा विचाराधीन मुद्दामा मिडियाले हस्तक्षेप गरे न्यायमा असर पर्ने बताए ।

उनले कुनै घटनामा पक्राउ पर्ने बित्तिकै सञ्चारमाध्यमबाट कसैलाई अपराधीका रुपमा प्रस्तुत गरिदिँदा न्याय प्रवाभित हुनसक्ने भएकाले संवेदनशीलता अपनाउन पनि सुझाव दिए ।

न्यायपालिकाको चौथो रणनितिक योजना तर्जुमासम्बन्धमा सञ्चारकर्मीसंगको छलफलमा कार्कीले भने, ‘ न्यायधीशले संविधान र कानुनलाई हेरेर फैसाला गर्नुपर्ने हुन्छ । दबाबमा परेर निर्णय गर्न मिल्दैन ।’

‘संविधान र कानुन हेरेर फैसाला गर्दा कहिलेकाही जनचाहानाअनुरुप नहुन पनि सक्छ । विचाराधीन मुद्दा प्रवाभित हुने गरि लेखिदिँदा न्याय सम्पादन गर्न कठिनाई हुन्छ’, उनले भने । उनले न्याययिक काम कारवाहीमा प्रेसमा सजगता अपनाउनुपर्ने खाँचो पनि औल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org