ताजा समाचार

रुकुम पूर्वको पोखरामा भिषण डढेलोका कारण मानव वस्ती जोखिममा, सांसद रोकाद्वारा संयमित भएर आगो नियन्त्रण गर्न आह्वान

रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर ३ पोखरामा भिषण डढेलो लागेपछि मानव वस्ती समेत जोखिममा परेको छ ।

पोखरामा आगलागि भएको भन्दै स्थानियलाई संयमित भएर आगो नियन्त्रणमा काम गर्न भन्दै प्रतिनिधि सभा सदस्य कमला रोकाले आग्रह गरेकी छन् ।

सांसद रोकाले फेसबुकमा एक स्ट्याटस लेख्दै भनेकी छन्, संयमित रहेर आगो नियन्त्रणमा काम गर्नु होला, सुरक्षाकर्मी थप परिचालनबारे साहयक प्रमुख जिल्ला अधिकारीसँग कुरा भइसकेको छ । उनका अनुसार पोखराको लेक भनेर चिनिने लेकको वस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

स्थानिय शिक्षक कविराम खड्काका अनुसार, आगो नियन्त्रण बाहिर छ । तर, गाउँलेहरु मिलेर आगो नियन्त्रणको कोसिस भने भइरहेको छ । जिल्ला प्रसासन कार्यालयबाट २ जना सुरक्षाकर्मी खटिएका छन् । भने आगो लागेपछि पोखराको वस्तीमा पहिरोको जोखिम बढेर गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org