ताजा समाचार

एकताका बाँकी काम टुङग्याउन, नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्दै

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टि(नेकपा) केन्द्रीय सचिवालयको बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ।

पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्यविभाजन जनवर्गीय संगठनहरुको एकता लगायतका विषयमा बैठक हुन लागेको हो।

पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याए पनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता सम्पन्न हुन सकेको छैन।

यसैगरी पोलिटब्यूरोको गठनपनि नेकपाले गर्न सकेको छैन। पूर्व माओवादीतर्फ समस्या उत्पन्न भएकाले पोलिटब्यूरो गठनमा ढिलाई भएको हो।

आजको बैठकमा बाँकी रहेका पार्टी निकायका एकतालाई पूर्णता दिनुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा समेत छलफल हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org