ताजा समाचार

संघीयताको विरोध गरेर यहि व्यवस्थामा टाँसिने मसालले राजनीति गर्न लाज मान्नु पर्छः सुर्य थापा

प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्त सुर्य थापाले मसालको स्थिति अब आउने निर्वाचनमा लाइट बालेर खोक्ने स्थिति आउने वताएका छन् ।

नेकपा झिमरुक गाउँपालिका वडा नम्बर ३ संगठन कमिटीले आहालखोलामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गर्दै प्रमुख अतिथी थापाले यस्तो वताएका हुन् ।

झिमरुकमा पुगेका नेता थापाले भने, नेकपा जस्तो विशाल सागरमा मसाल खोज्ने चेष्टा अत्यन्तै नमज्जाको कुरा हो । हामीले युवा शक्तिको परिचालन गर्दै प्युठानलाई नमुना जिल्लाको रुपमा अघि सार्नेगरि काम गर्नु पर्छ ।

संघीयतालाई विरोध गर्ने तर, यहि व्यवस्थामा टाँसिएर राजनीति गर्ने राष्ट्रिय जनमोर्चाले लाज मान्नु पर्छ । नेता थापाले कड्किदै मसालप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले भेलालाई सम्बोधन गर्दै थपेका छन्, मसालले अब चाहेर पनि प्युठानमा निर्वाचनमा सहभागित जनाउन सक्दैन । जनताले मसालको कुकर्म बुझिसकेका छन् ।

यस्तै, नेकपा प्रदेस कमिटि सदस्य पीतबहादुर एमसीले मसालले प्युठानमा फोहोरी राजनीति गर्न कोजेको आरोप लगाएका छन् । नेता एमसीले मसालले विकास निर्माणमा काम चाहिएको भए पार्टीको सदस्यता र लेवि काटेपछि मात्रै काम अगाडी बढाउछु भन्दै गरेको काम प्रति विरोध जनाएका हुन् ।

तर, विद्यार्थी नेता तथा अखिल क्रान्तिकारी उपमहासचिव मिलन एमसीले मसालका दिनगन्ती सुरु भएको दाबी गर्दै जनतालाई शोषण गर्न खोजे कार्यालय घेराउ गर्ने चेतावनी समेत दिए । विद्यार्थी नेता एमसीका अनुसार प्युठानले कम्युनिष्ट नेता थुप्रै जन्माएपनि स्वार्थ र आफ्ना आसेपासेलाई पोस्ने काम गर्दा जिल्लाको विकासमा आँच पुगेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org