पर्यटकीय गन्तब्यका लागि गएको बजेट चरम दुरुपयोग गर्दै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका
रुकुम पूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्यटन मन्त्रलयबाट गएको बजेटको दुरुपयोग गर्दै गन्तव्य मोडेर बाटो खन्न थालेपछि स्थानियले अवरोध गरेका छन् ।
सरकारले पर्यटकिय गन्तब्य पहिचान गर्दै बाटो निर्माण गर्न भन्दै चालु आर्थिक वर्ष २०७५ मा २५ लाख बजेट उपलब्ध गराएपनि गाउँपालिका अध्यक्षसहित सरकारी कर्मचारी प्राविधिक मिलेर बाटोको ट्याक नै अन्यत्र सार्न खोजेपछि पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का स्थानिय युवासहित निर्वाचित वडा सदस्य मग कामीले विरोध जनाएका हुन् ।
पर्यटन मन्त्रालयले २०७५/०९/११ मा २५ लाख बजेट विनियोजन गरेर पर्यटकिय गन्तब्यको पहिचानसहित बाटो निर्माण गर्न गाउँपालिकालाई अख्तियारी दिएपनि त्यहास्तित सरकारी कर्मचारी लगायत अन्य जनप्रतिनधि लगायतका व्यक्तिहरुले सुचना लुकाएर २०७५/१२/१५ मात्रै गाउँपालिकामा गोप्य दर्ता गराएको पाइएको हो ।
प्रशासनिक अधिकृतले रबिन्द्र बुढाथोकीले बजेटको कार्यान्वयन गर्नु भन्दा पहिले आफूअनुकुल वातावरण नमिलेसम्म सार्वजनिक गर्नु पर्ने सुचना लुकाएर जनतालाई गुमराहमा पार्न खोजेको भन्दै स्थानिय आक्रोसित बनेका हुन् । लेखापाल शिबराम खड्का र प्राबिधिक समेत संलग्न रहेर बजेटलाई दुरुपयोग गर्न खोजेको आरोप वडा सदस्यले कामीले लगाउदै आएका छन् ।
वडा सदस्य कामीको नेतृत्चमा वनेको विरोध समितिले बाटो खन्ने भन्दै बजेट हिनामिना गर्ने षडयन्त्र भएको दाबी गर्दै आएका छन् ।
जुनाङ-दोगादी-चालिके पुथावनलाई नयाँ पर्यटकिय गन्तब्यको रुपमा चित्रन गर्दै आएको अवस्थामा अहिले गाउँपालिका अध्यक्ष ओमप्रकास घर्तीले हान्पा देखि दुले भन्ने ठाँउमा गोरेटो बाटोलाई खन्ने काम बएको भन्दै त्यसको विरोध गर्नु परेको कामीले वताएका छन् ।
पुपाल युबा क्लबका अध्यक्ष समेत रहेका भरत कुमार पुनको नेतृत्चमा उपभोक्ता समिति गठन गरेर एकलाैटी गर्न खोजेको भन्दै स्थानिय कल्यान पुन, टिका पुन र कवराज विकले नयाँ समिति गठन गरेर नयाँ गन्तब्यमा बाटो खन्ने काम नभएसम्म अवरोध कायम राकी राख्ने दाबी गरे ।
पर्यटन मन्त्रालयले दिएको म्यान्डेट अनुसार काम नभएको भन्दै विरोधमा उत्रिएका स्थानियहरुले पर्यटकिय गन्तब्यको पहिचान गरेर रुकुम पूर्वलाई पर्यटकिय गन्तब्य बनाउनुको सट्टा स्वार्थमा सिमित रहेका केहि मान्छेका कारण विरोध गर्नु परेको जनाउदै आएका छन् ।
वडा सदस्य कामी नेतृत्वको समूहले नयाँ समिति गठन गरेर पर्यटकिय गन्तब्यको पहिचान गर्दै नयाँ कार्यसमिति गठन गरेर मात्रै काम गर्ने वातावरण बनेमा बाटो खन्ने काम सुरु हुने जनाएका छन् । उनीहरुका अनुसार, गाउँपालिका अध्यक्ष ओम प्रकाश घर्ती, अधिकृत रबिन्द्र बुढाथोकी, लेखापाल शिबराम खड्का, प्रबिधिक र पुपाल युवा क्लबका अध्यक्ष भरत कुमार पुनको मिलोमतोमा बजेटको दुरुपयोग हुन लागेको हो ।
Comments
अरु समाचार
-
६ पौष २०७७ सोमवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख...
-
Chand-led CPN murders school teacher in Morang
Netra Bikram Chand-led CPN has shot dead a school teacher in Morang after abduction. Rajendra Shrestha, 54, of Barkhe in...
-
राजपुर बमकाण्डका नाइके कांग्रेस सांसद आलमका भाई पनि समातिए
काठमाडौं । कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाईलाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। हाल नख्खु कारागारमा जेल सजाय...
-
एकलाख दिएर बुबाले नै छोरीको हत्या गर्न लगाए
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा...
-
६ वर्षीया बालिका बलात्कार आरोपितको घरमा आगो, शवसहित सडकमा
काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन्।...
-
बेपत्ता प्रहरी जवान साउदको शव भेटियो
काठमाडाैँ । धनगढी उपमहानगरपालिका–२ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । शनिबार रातिदेखि...
-
असई गोविन्द विक हत्या प्रकरणः शंकास्पद ११ जना पक्राउ
कैलाली । कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।...
-
वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरी छापा, २३ किलो बढी सुन बरामद
वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । ...
-
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन...