ताजा समाचार

काठमाडाैंको टोखामा गोली चल्यो, गुण्डा काले पक्राउ !

काठमाडौं । राजधानीको टोखामा गोली चलेको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ ।

कालेलाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि नै ?आक्रमणको प्रयासमा उत्रिन थालेपछो गोली हानेर पक्राउ गेर्नु परेको प्रहरीले जनाएको छ ।,

दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए ।

थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङ ६ वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । जेल सजायँ भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org