ताजा समाचार

एग्जिट पोल नतिजाः एनडिएको बहुमत, प्रधानमन्त्रीमा मोदी दोहोरिने संकेत

काठमाडाैं । भारतमा १७औं लोकसभा निर्वाचनका सबै चरण सकिए लगत्तै चुनावी नतिजलाई लिएर विभिन्न सञ्चार माध्यमले सञ्चालन गरेका ‘एग्जिट पोल’ सार्वजनिक हुन थालेका छन्। 

सर्वेक्षण संस्थाहरूसँग विभिन्न मिडियाले मिलेर गरेको चुनावी नतिजा सर्वेक्षणअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए)ले बहमुत पाउने र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने देखाएका छन्। 

सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धनले करिब ३ सय चुनावी क्षेत्र र भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपीए)ले करिब १ सय २८ क्षेत्रमा जित निकाल्ने अनुमान गरिएको छ। 

गत ११ अप्रिलबाट सुरु भएको लोसकभा निर्वाचन ७ चरणमा भएको थियो र जुन आज मात्रै सकिएको थियो। मत गणना भने २३ मेइ हुनेछ र त्यसै दिन नतिजा सार्वजनिक हुनेछ। 

भारतीय संसद्को तल्लो सदन लोकसभामा कुल ५ सय ४३ सिट छन् र बहुमतका लागि २ सय ७२ सिट ल्याउनुपर्ने हुन्छ। सन् २०१४ को लोकसभा चुनावमा एनडीएले ३ सय ३६ चुनावी क्षेत्रमा जित हासिल गरेको थियो। 

रिपब्लिक टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धन एनडिएले २ सय ८७, भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपिए)ले १ सय २८ र अन्यलाई १ सय २७ क्षेत्रमा जित मिल्न सक्ने अनुमान गरेको छ। 

त्यस्तै टाइम्स नाउ टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षण अनुसार  एनडीएले ३ सय ६, यूपिएको १ सय ३२ र अन्यले १ सय ४ चुनावी क्षेत्रमा जित हात पार्न सक्छन्।

एबिपी न्यूज टेलिभिजनका अनुसार एनडिएले २६७, यूपिएले १ सय २७ र अन्य दलले १ सय ४८ क्षेत्रमा चुनावी जित हासिल गर्न सक्ने देखिएको छ। 

न्यूज नेसन टेलिभिजनका अनुसार एनडिएले २ सय ८२—२ सय ९०, यूपिएले १ सय १८—१ सय २६ र १ सय ३०—१ सय ३८ सिटमा जित हासिल गर्न सक्छन्। 

त्यस्तै इन्डिया टुडे ग्रुपले गरेको सर्वेक्षण अनुसार एनडीएले १ सय ९४—२ सय ११, यूपिएले ७३—९७ र अन्यले ५६—७४ क्षेत्रमा जित्न सक्ने अनुमान गरिएको छ।

भरोसा योग्य हुँदैनन् ‘एग्जिट पोल’ 
‘एग्जिट पोल’ मतदान गरेर बाहिर निस्कने मतदाताबीच गरिएको सर्वेक्षण हो। यद्यपि, यस्ता सर्वेक्षणलाई कुनै पनि तरिकाले प्रमाणिक मानिँदैन। अधिकांश टेलिभिजनले विभिन्न सर्वेक्षण गर्ने ऐजेन्सीसँग मिलेर ‘एग्जिट पोल’ गर्ने गर्छन्। 

भारतीय मिडियाले पछिल्ला कैयौं चुनावमा गरेका ‘एग्जिट पोल’का नतिजा गलत साबित भएका छन्। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org