ताजा समाचार

बादलका राजनीतिक सल्लाहकार भन्छन्- इमान्दार, अविवादीत नेताका विरुद्ध प्रायोजित प्रचार भयो, विस्तारमै खण्डन हुन्छ !

काठमाडाैं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’माथि प्रायोजित प्रचार भएको भन्दै उनका राजनीतिक सल्लाहकार सुर्यप्रकास सुवेदी ‘पथिक’ले आपत्ति जनाएका छन् ।

अनलाईन खवर डटकममा ‘नेकपामा नयाँ ट्विट्ट, बाददले छाडे प्रचण्डको साथ’ शिर्षकमा  प्रकाशित समाचार प्रकाशित भएपछि बादलका राजनीतिक सल्लाहकार पथिकले प्रायोजित प्रचारको संज्ञा दिदै बादलको बचाउ गरेका छन् ।

पथिकले फेसबुकमा लेखेका छन्, प्रायोजित प्रचार, इमान्दार अविवादीत नेतालाई अनावश्यक र सुनियोजित तवरले विवादमा ल्याउने प्रयत्न यसकोविस्तारमै खण्डन गर्न आवश्यक’ । 

बादलले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा समाहित भएर संगठन विभाग प्रमुखको जिम्मेवारी पाउने र प्रधानमन्त्री ओलीले आज उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिन सचिवालय बैठकमा प्रस्ताव लैजाने भन्दै अनलाइन खवरले समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पोर्टलले बादलको जनयुद्ध कालदेखि हुँदै मोहन वैद्य ‘किरण’ नेतृत्चको पार्टी हुँदै पुनः प्रचण्डपछि नेकपा बनुन्जेलसम्मको भूमिकाबारे केलाएको थियो 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org