देवघाट क्षेत्रमा जग्गा अतिक्रमण
चितवन । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएका पौडेलले बताए । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गरेका छन् ।
बुद्ध धर्मावलम्बीहरुको गुम्बादेखि विभिन्न जाति समुदायको २० भन्दा बढी कुल पूजास्थल निर्माण गरिएको पौडेलले बताए । त्यस क्षेत्रमा बनेका संरचना र खाली जमीन किनबेचसमेत हुने गरेको पौडेलको भनाइ छ । उहाँका अनुसार एक टुक्रा जग्गाको कागज गरेर रु पाँच लाखदेखि १० लाखसम्ममा कारोवार हुने गरेको छ ।
किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पौडेल बताउछन् । पौडेलले भने, “यहाँको ऐलानी जग्गामा मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने समेत गरेको पाइएको छ ।” उनी सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने र अन्यथा भविष्यमा देवघाटको पहिचान र महिमा लोप भएर जाने धारणा राखे ।
देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेल आफू अध्यक्ष रहँदा जग्गा अतिक्रमण रोक्न भरतपुर महानगरपालिकालाई पटकपटक पत्राचार गरेको भए पनि रोक्ने काम नभएको बताउछन् । ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै उहाँले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने भनाइ राखे ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले त्यहाँ जग्गा अतिक्रमण भएको विषयमा आफू प्रमुख भएपछि जानकारी नभएको भन्दै महानगर अतिक्रमण भएको जग्गाको खोजीमा लागिरहेको बताउनुभयो । त्यहाँको अवस्थाका बारेमा वडा कार्यालयमार्फत बुझ्ने प्रमुख दाहालको भनाइ छ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु पौडेलले तीन वर्षअघि गरिएको सर्वेक्षणमा जिल्लामा अतिक्रमण भएका एक हजार ६८८ हेक्टर जमीनमध्ये देवघाटमा १७ दशमलव ७९ हेक्टर जमीन अतिक्रमण भएको बताए । सो क्षेत्रमा विसं २०३० यता अतिक्रमण हुँदै आएको छ ।
यसअघि पटकपटक सो क्षेत्र खाली गर्न प्रयास गरेको भए पनि चाडपर्व, बर्सातको समय, निर्वाचनलगायतका नाममा खाली गर्न नसकिएको पौडेलको भनाइ छ । स्थानीय तह, प्रशासन, राजनीतिक दल, नागरिक समाज सबैको सकारात्मक सहयोग रहेमा अतिक्रमित क्षेत्र खाली गर्न सकिने पौडेलले बताए ।
देवघाट क्षेत्रको विकास गर्न २१ वर्षे गुरुयोजना निर्माण गरी काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण धार्मिक गन्तव्य देवघाटलाई व्यवस्थित गर्न अतिक्रमण रोक्नुपर्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे बताउछन् ।
धार्मिक हिसाबले निकै महत्वपूर्ण देवघाटको विकासका लागि निकै धेरै क्षेत्र आवश्यक पर्ने भन्दै उनले जग्गाको अभावमा काममा अवरोध पुग्ने भएकाले ऐलानी जग्गाको सुरक्षामा लाग्नुपर्ने बताए । देवघाट क्षेत्रमा हुने मेला महोत्सवमा ठूलो सङ्ख्यामा तीर्थालु भक्तजनहरु आउने गर्दछन् । चितवनतर्फको भाग अतिक्रमित संरचनाले भरिएसँगै मेला महोत्सव व्यवस्थापनमा समेत कठिनाइ हुने गरेको घिमिरेको भनाइ छ ।
Comments
अरु समाचार
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य...
-
चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले...
-
काठमाडौँ महानगरपालिकाले क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिका (कामपा) ले आज बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको...
-
महेश बस्नेतविरुद्ध दिइएको उजुरीमा प्रमाण नपुगेको प्रहरीको राय
काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको प्रहरीले निष्कर्ष निकालेको छ ।...
-
केही पहाडी भूभागमा वर्षा, चार प्रदेशमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली...
-
चार प्रदेशमा वर्षाको सम्भावना,केही उच्च भागमा हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
कोशी,बागमती र मधेश प्रदेश लगायत पहाडी भूभागमा वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
देशका विभिन्न ठाउँमा वर्षा,चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा
काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको...