ताजा समाचार

विप्लवका कार्यकर्तामाथि प्रहरीले गोली चलायो,एक जना घाइते

काठमाडाैँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताए।

गोली लागि तीर्थराज घिमिरे घाइते भएका छन्। घिमिरेको खुट्टामा गोली लागेको प्रहरीको दाबी छ। ‘१०\१२ जनाको समूहमा रहेकाले प्रहरी देखेर गोली प्रहार गर्न खोजे। हाम्रो टोलीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएका छौ,’ डिएसपी न्यौपानेले भने।

घिमिरेबाट एक थान पेस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थसमेत बरामद गरेको प्रहरीको दाबी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org