सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन
काठमाण्डौ । सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ ।
सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न जोड दिइएको छ । सो प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका बाहिरका १६ आंगिक क्याम्पसबाट ३२ र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पससमेत गरी ८० जना अन्तक्र्रियामा सहभागी रहेका थिए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले सिकाइ आफँैमा जटिल एवं दायरा फराकिलो भएकाले शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । उनले विश्वव्यापी भूमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले उक्त प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउँदै लैजाउनुपर्नेमा जोड दिए ।
शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सो प्रणालीले कक्षाकोठामा अन्तक्र्रियाको वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्क्रिय हुनबाट जोगाउने बताए । रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसात् गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाइको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । त्रिविले चार वर्ष अघि सेमेष्टर प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...