ताजा समाचार

गायक दिलिप लामाको गुन्द्रुक र ढिडो सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । गायक दिलिप लामाको गुन्द्रुक र ढिडोको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निर्देशक शुसन लामाको शब्द तथा संगितमा तयार पारिएको म्युजिक भिडियोमा गायक लामा र निरञ्जली लामाले अभिनय गरेका छन् ।

यस्तै, सागर तामाङले गीतको छायांकन र सम्पादन गरेका हुन् । गीतलाई ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यद्यपी गायक लामा भने बेलायतमा बस्दै आएका छन् । उनी नेपाल वर्षमा एक पटक आउने र नेपाली गीत संगित क्षेत्रमा काम गर्ने भन्दै यो गीत सार्वजनिक गरेको जनाएका छन् ।

लामाको गीतलाई लाजिम्पाटको एक होटेलमा नेपाली गीत संगित क्षेत्रका दिग्गज व्यक्तिहरु उपस्तित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org