ताजा समाचार

लोकसभा निर्वाचन मतगणनाः मोदी सरकार निरन्तरताको संभावना

काठमाडाैँ । भारतीको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानैबाट सुरु भएको छ ।

प्रारम्भिक मतपरिणामले भाजपाले नरेन्द्र मोदी नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिन सक्ने संकेत गरेको छ ।

नेपाली समयअनुसार बिहान साढे ११ बजेसम्मको मतगणनाअनुसार सत्तारुढ भारतीय जनता पार्टीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्सले बहुमत स्थानमा अग्रता लिएको छ ।

५४३ सिट भएको लोकसभाका ३२३ स्थानमा अहिले भाजपा उम्मेद्वार अगाडि छन् ।

यस्तै, भारतीय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्सले ९७ स्थानमा अग्रता लिएको छ भने अन्य दल १२१ स्थानमा अगाडि छन् । मतगणना आज रातीसम्ममा सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org