ताजा समाचार

अन्तिम नतिजा नआउँदै समकक्षी मोदीलाई ओलीको बधाई

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनको पुर्ण परिणाम आउनु अगावै जितको शुभकामना दिएका छन्।

मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन् ।

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ। ५ सय ४२ लाेकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले मात्र ५१ स्थानमा अग्रता हासिल गरेको छ।

प्रधानमन्त्री ओलीको  बधाई सन्देशमा ‘ आगामी दिनमा सफलताको शुभकामना समेत दिएका छन्। ‘आगामी दिनमा तपाईंसँग निकै नजिकमा रहेर काम गर्नेछुु।,’ सन्देशमा भनिएको छ।

K P Sharma Oli@kpsharmaoli

I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia9731:08 PM – May 23, 2019Twitter Ads info and privacy295 people are talking about this

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org