ताजा समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तत्काल स्थगितः धुर्मुस–सुन्तली फाउन्डेसन

काठमाडौं– निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तत्काल रोकिएको छ ।

बुधबार केही स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बारिएको जस्तापातामा डोजर लगाई भत्काएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य तत्कालका लागि रोकेको जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए। यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो।

बुधबार राति विज्ञप्ति जारी गर्दै फाउन्डेसनले जोरजबरजस्ती भएका गतिविधिहरुबाट कार्यवातावरण, कर्मचारी, कामदारको जिऊ ज्यान र भौतिक सम्पत्तिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको श्रृजना भएको हुँदा यसको स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि परियोजनाको कामकारवाही स्थगित गरिएको जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जारी गरेको विज्ञप्तिमा परियोजनाको प्रारम्भदेखि नै कार्यवातवरणमा असहजता श्रृजना गराउने, विभिन्न अुनचित माग राख्ने र फाउण्डेसनका कर्मचारी तथा सहयोगीहरुलाई धम्काउने, त्रास देखाउने गतिविधिहरु भइरहँदा पनि चितवनवासीको आत्मसम्भ्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिहरुलाई आफूहरुले सामान्य रुपमा लिएको उल्लेख गरेका छन् ।

धुर्मुसले डीपीआर पश्चात महानगर, एएफयु र फाउण्डेशन बसि उक्त पश्चिम तर्फको बाटको विषय तय गर्न लगाइएको अस्थायी बारबारेमा सुनियोजित रुपमा तयारीका साथ स्थानीयलाई भ्रामक दुष्प्रचार गरी समूहमा आई फाउण्डेसन प्रशासनले बारबेरको कार्य स्थगन गरी सकिएको अवस्थामा जोरजबरजस्ती गतिविधिहरु भएको जनाइएको छ ।

पश्चिम तर्फको अस्थायी बारबेरमा अराजकीय तरिकाबाट डोजर प्रयोग गरी तहसनहस बनाई ठूलो क्षति पु¥याइएको प्रति फाउण्डेसनले घोर भर्त्सना गरेको छ ।

रंगशालाको कार भत्काउने कार्यमा संलग्न १७ जनालाई बुधबार राति नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org