ताजा समाचार

एनसेल प्रकरणः लाभकर विवाद सर्वोच्चको वृहत पूर्ण इजलाशमा

काठमाडाैँ ।  एनसेलको लाभकर विवादसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका ५ जना न्यायाधीशहरुको वृहत पूर्ण इजलाशमा पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुरमा शर्माको बृहत पूर्ण इजलाशमा मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले माघ २३ गते ३ महिनाभित्र एनसेलबाट पुजीगत लाभकर उठाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदशेपछि ठुला करदाता कार्यालयले एकसाताभित्र बैशाख ३ गते ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर निर्धारण गर्दै एकसाताभित्र कर चुक्ता गर्न पत्राचार गरेको थियो । तर, कार्यालयले निर्धारण गरेको कर नमिल्दो भएको भन्दै बैशाख ९ गते एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटको सुनुवाइ गर्दै बैशाख १२ गते न्यायाधीश द्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले मुद्दाको सुनुवाइका लागि पूर्ण इजलाशमा पठाउने आदेश जारी गरेको थियो । सर्वोच्चको यसअघिकै आदेशबमोजिम सर्वोच्चले ५ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलाश गठन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org