ताजा समाचार

भक्तपुरमा विप्लव समूहले गर्‍यो जग्गा कब्जा

काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको छ ।

सोमबार उक्त पार्टीले भक्तपुरकोक चाँगुनारायण नगरपालिका ०२, दुवाकोटस्थित कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल बएको जग्गा जिल्ला जनपरिषद् भक्तपुरको नाममा कब्जा गरिएको छ ।

अनप महिलालाई झुक्याएर जग्गा दलालले उनीहरुबाट जग्गा कब्जा गरेको निवेदन परेपछि गक्त निर्नय गर्नु परेको भन्दै विप्लव नेतृत्वको नेकपा जिल्ला भक्तपुरले विज्ञप्ति समेत निलेको छ ।

सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ।

छोराहरुलाई सुकुम्बासी बनाउने खेल रचिएपछि ती महिलाहरुले जनपरिषद्मा उजुरी गरेको उल्लेख गरिएको उक्त विज्ञप्तिमा भनिएको छ, पैसा र पहुँचको भरमा कसैले जग्गाामा केहि तलमाथि गर्न खोजे जनपरिषद्ले कारबाहि गर्नेछ ।

यद्यपी ती महिलाहरुले सरकारी निकाय कहाँ समेत जग्गाबारे न्याय दिलाउन पुगेको तर, न्याय नपाएको उल्लेख गरेको जनाइएको छ ।

अहिले उक्त जग्गामा जिल्ला जनपरिषद् भक्तपुर नेपाल लेखेको झण्डा गाडिएको छ भने, त्यसमा यो जग्गा कुनैपनि व्यक्तिले हषप्न पाइदैन । अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ ।

स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलको क्रममा ती अनपढ महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जा गर्नु परेको कुरा विज्ञप्तिमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org