ताजा समाचार

बजेटले असमानता बढायो, खरिदारको तलब सरह राष्ट्रपतिको तलब बृद्धि भयोः नेता खाण

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले कम्युनिष्ट सरकारको बजेटले संघीयतालाई आधारशिला नमानेको दाबी गरेका छन् ।

कम्युनिष्ट सरकारले ल्याएको बजेटले स्थानिय तहलाई खुम्च्याउने कोसिस गरेको भन्दै खाणले शक्ति केन्द्रिकृत गर्न खोजेको आरोप लगाएका छन् ।

तल्लो तहमा स्थानिय नेतृत्व आइसकेपनि जनप्रतिनिधिहरुलाई मार्ग निर्देश गर्ने कुरा भुलेर उनीहरुको अधिकार खोस्न खोजिएको भन्दै उनीहरुलाई विकासका काममा विश्वास गर्न नसक्नु दुखद कुरा रहेको जनाएका छन् ।

आज चलेको संसदमा बोल्दै नेता खाणले बजेटले जनप्रतिनिधिको अधिकार मात्रै खोस्ने काम नगरेको भन्दै संघीताको मर्ममाथिको प्रहार भएको दाबी गरेका छन् ।

सरकारले बढाएको तलब बृद्धिमाथि प्रश्न उठाउदै खाणले भने, कार्यालय सहयोगी देखि राष्ट्रपतिबीचको तलब बृद्धि अत्यन्तै असमानजनक भएको दाबी गरेका छन् । बजेट समाजबाद उन्मुख भन्दा पनि बजटे कागजको घोडा जस्तै बन्न पुगेको वताए । कागको घोडाले न घाँस र दाना खान सक्छ । न भारी बोक्न सक्छ । यो बजेट कागजको घोडा जस्तै हो । पुजिगत खर्च गरेर शान्ति र संवृद्धि ल्याउने खालको बजेट हुनुपर्छ । कागजको घोडा पोहोर साल अलि सानो थियो  । अहिले अलि ठूलो भएछ । कमसेकम अलि ठूलो कागको घोडा बनाएको भए पानी जहाज आउथ्यो की ? नेपाली जनता आफ्नै देशमा पानी जहाज चढ्न चाहन्छन् ।

यस्तै, नेता खाणले भने, तलब बृद्धि हुँदा एउटा खरिददारको तलब जत्तिकै पैसा राष्ट्रपतिको तलब बढेको छ । कार्यालय सहयोगीको कुरा त के रह्यो र ? के मूल्यबृद्धि कार्यालय सहयोगीलाई बढ्ने होइन र ? मूल्यबृद्धिले राष्ट्रपति या सामान्य कर्मचारी सबैलाई बढ्ने हो । यसर्थ यो बजेट समाजबाद उन्मुख बजेट छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org