ताजा समाचार

नेकपामा भद्रगोल कायमै, प्रधानमन्त्री युरोप भ्रमणबाट फर्केपछि मात्रै जिम्मेवारी टुंग्याइने

काठमाडौं । केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । दुवै विषयमा आज पनि सहमति जुटेन ।

७७  वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष युरोप भ्रमणमा जान लागेकाले उनी फर्केपछि मात्रै यो विषयको टुंगो लाग्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओली पर्सी (जेठ २५ गते) युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् ।

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा माधवकुमार नेपाल  सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि नेकपाले कार्यविभाजनको टुंगो लगाउन सकेको छैन। पोलिटब्युरो सदस्य चयन, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहितका काम अझै बाँकी छन्।

बरिष्ठ नेता माधव कुमार नेपाल नेताहरुलाई दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि बैठकले निर्णय गर्न नसकेको हो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org