ताजा समाचार

प्रचण्डका लागि खटाइए ५९ सुरक्षाकर्मी, पीएसओ फेरिए

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युिनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीजि सुरक्षागार्ड फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रचण्डका लागि प्रहरी नायब उपरिक्षक (डीएसपी) नरेशराज सुवेदीलाई पिएसओको रुपमा पठाएको छ । उनको सुरक्षार्थ डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ जना र सशस्त्र प्रहरीका डीएसपीको नेतृच्वमा ३० जना गरेर ५९ जना खटिने भएका छन् ।

प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको भन्दै गृहमन्त्रालयले यो सुविधा दिन लागेको जनाएको छ । यसअघि उनको सुरक्षार्थ खटिएका डीएसपी सन्तोष राठाैर महानगरीय प्रहरी वृत, लैनचाैरमा खटाइएका छन् ।

तर, कतिपयले प्रचण्डको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएपछि विरोध समेत गर्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org