ताजा समाचार

रुकुम पूर्वमा गुरिल्ला ट्रेल यहि असार २ बाट हुने

रुकुम पूर्व । तत्कालिन माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धको क्रममा प्रयोग गर्ने गरेको गुरिल्ला ट्याकमा यहि असार २ गते ‘गुरिल्ला म्याराथन प्रतियोगिता’ हुने भएको छ ।

रुकुम पूर्व र रोल्पाको केहि भाग समेटेर आयोजना हुन लागेको गुरिल्ला म्याराथन प्रतियोगिता ५२ किलोमिटर लामो हुनेछ । रुकुमको ऐतिहासिक स्थल महतबाट सुरु भएको गुरिल्ला म्याराथन धर्मशाला, जलजला, थवाङ, लुकुम हुँदै खावाङ बगरमा आएर अन्त्य हुनेछ ।

गुरिल्ला ट्रेल दाैड प्रतियोगिताले पर्यटेन प्रवर्धन हुने आशा राखिएको भन्दै आयोजनाका एक प्रमुख अभियान्ता सुनिल रोका मगरले भने, रुकुम, रोल्पा, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई सरकारले गुरिल्ला ट्रेकको रुपमा अगाडी बढाएको छ । यसको उद्धेश्य पर्टटन प्रवर्धन गर्ने भन्ने नै हो । हामी युवाहरुले मिलेर यसलाई साकार पार्न लाग्नु पर्छ भन्ने मेरो मान्यता हो ।

म्यारातनलाई अन्तराष्ट्रिय ‍धाविका मीरा राईले प्रबर्धन गर्ने भएकी छन् । प्रतियोगितामा सहभागी हुन आयोजकले आह्वान गरिसकेको छ।

प्रतियोगितामा सहभागी मध्ये प्रथम, द्वितिय र तेश्रो हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पुरुस्कार प्रदान गरिनेछ । भने आयोजनाको प्रमुख सहयोगी भुमे गाँउपालिकाले गर्ने भएको हो । भने, आयोजनामा सहभागी खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने भएको आयोजकले जनाएको छ ।

स्थानिय संस्कृतिलाई प्रबर्धन गर्नुका साथै जनयुद्ध स्थलको परिचयात्मक कार्यक्रम मार्फत पर्यटन प्रबर्धन गर्न म्यारातन प्रतियोगिताले सहयोग गर्ने आयोजकले विश्वास गरेको छ ।

प्रतियोगितामा सहभागी हुन ७ हजार फी तिर्नु पर्नेछ । भने उक्त रकमबाट पोखरा, बुर्तिबाङ र रुकुम जान आउनका साथै खाना, बास र दुईतर्फी यातायातको व्यवस्था गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org