ताजा समाचार

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित

काठमाडाैँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का निर्वाचित भएका छन् ।

काठमाडाैँमा सम्पन्न १७ औं साधारणसभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काले २१८ मत प्राप्त गरेर विजय भए भने लामिछानेले १६१ मतमा चित्त बुझाइन् । दुई उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार निर्वाचित भए । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा र सचिव पदमा पनाह अधिकारी विजय भए

यस्तै सह- कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् । पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् ।

त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसीले सर्वाधिक मत ल्याए । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

कलाकार संघको चुनाबमा कलाकारिता भन्दा पनि राजनीतिक चलखेल बढि हुँदा यो पटकको संघको चुनावले धेरैको ध्यान आकृष्ट गरेको थियो । अध्यक्षका उमेदवार खड्का र लामिछानेको पक्ष विपक्षमा चलचित्रकर्मीहरु विभाजित थिए ।

यो पनि पढ्नुहोस ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org