ताजा समाचार

८४ हजार बढिले दिए कोरियन भाषा परिक्षा, यस्तो छ नतिजा सार्वजनिक हुने तालिका

काठमाडौं । रोजगार अमुमति प्रणाली (इपिएस) कोरियन भाषा परिक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् ।

९२ हजार ३ सय ५६ जनाले आवेदन फारम भरेपनि परिक्षामा भने कम उपस्थित भएको वैदेशिक रोजगार विभागले जानकजारी दिएको छ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदार लैजाने गरि कोटा छुट्याएको छ । परिक्षामा सहभागी मध्ये उत्तिर्ण भएका ७ हजार ५० उत्पादनमुलक क्षेत्रमा र बाँकी ३ हजार कृषि क्षेत्रका लागि लैजाने जनाएको छ ।

सन् २००८ देखि नेपाली कामदारलाई कोरियाले   इपिएस मार्फत वैदेशिक रोजगारमा लैजान थालेको थियो भने सन् २०२०का लागि आवेेदन फारम गएको चैत्र ८ गते खुलाएको थियो ।

शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने जनाइएको छ । भने आउदो असार १३ गते नतिजा सार्वजनिक हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org