ताजा समाचार

मन्त्री अर्याल भन्छिन्ः परम्परा र सनातन धर्म जोगाउउन गुठी विधेयक ल्याइयो !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले संसदमा आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध खडा गर्न खोजेपनि सभामुख कृष्ण बहादुर महराले सदन चलाएरै छाडेका छन् ।

कांग्रेस सांसद बालकृष्ण खाणले सदनमा सरकारले ल्याएको विधेक, नागरिकता विधेक लगाएयतका कुरामा विरोध गर्दै सदन चल्न नदिने भनेपनि सभामुख मराले संसद चलाएरै छाडेका हुन् ।

आक्रोशित मुद्रामा रहेका सांसद खाणले आपत्ति जनाउदै प्रजातान्त्रिक मुल्य र मान्यता नै मिचिन पुगेको दाबी समेत गरेका छन् ।

सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिनुपर्ने माग गर्दै चलेको बहसमा संविधान अनुरुप गुठी विधेयक आएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनाएकी छन् । गुठी विधेयक अध्ययन गर्न अनुरोध गर्दै संविधानलाई सम्बोधन गर्ने गरि सरकारले विधेयक ल्याएको दाबी समेत गरेकी छन् ।

परम्परागत मूल्य मान्यता जोगाउदै सनातन धर्मलाई जोगाउन गुठी विधेयक आएको समेत उनको दाबी छ ।

यस्तै, कांग्रेस नेतृ पुष्पा भुसालले बजेट विनियोजन विधेयकबारे छलफल हुन्छ भन्ने तयारी गरेर आएको भन्दै सभामुख महराले प्रजातान्त्रिक मूल्य र मान्यता मिचेर सदन चलाएको दाबी गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org