ताजा समाचार

धर्मप्रचारकको टोपि लगाएर होलीवाइन छर्किँदै हिँड्ने सरकार गुठियारमाथि लाठी बर्षायोः कांग्रेस

काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार माइतीघर मण्डलामा गुठीयारहरुमाथि भएको दमनको भत्र्सना गरेको छ ।

सोमबार बसेको दुवै सदनको बैठकमा गुठी संरक्षणको पक्षमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको कांग्रेसले निन्दा गरेको हो।  गुठियारहरुको प्रदर्शनमा भएको दमनको विरोधमा कांग्रेसले दुवै सदन पनि अवरुद्ध गरेको छ । बैठक सुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँका गुठीयारमाथि भएको दमनको भर्त्सना गरे। उनले करोडौँ रुपैयाँ खर्चिएर होलीवाइन छर्किँदै हिँड्ने सरकारले आमनागरिकमाथि लाठी प्रहार गरेर धर्म प्रचारकसँग बिकेको दाबी गरे।  ‘सरकार आफैँ करोडौँ रुपैयाँका होलीवाइन छर्किँदै हिँड्न, अनि गुठीयारमाथि लाठी बर्साउँछ’, खाँणले भने, ‘धर्मप्रचारक विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिएपछि नेपालको धर्म संस्कृतिमाथि सरकाले प्रहार गरेको छ ।’

कांग्रेसले सरकारबाट बारम्बार विवादास्पद विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ । ‘माइतीघरमा जुन घटना भएको छ, त्यो दुःखद छ। यस्ता विधेयक बारम्बार किन प्रवेश गराउन खोजिन्छ ?’, उनले भने, ‘मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक, र गुठीसम्बन्धी विधेयक आपत्तिजनक छन्।’

पछिल्लो पटक गुठीसम्बन्धी विधेयक गैरजिम्मेवार भएर सरकाले ल्याएको बताउँदै उनले यसले गुठीको अस्तित्व समाप्त गर्ने दाबी गरे। बैठकमा नेकपाकी सांसद पम्फा भुसालले पनि गुठियारसँग सोध्दै नसोधी सरकारले माथिबाट विधेयक ल्याएर गलत गरेको बताइन्। त्यसैगरी राष्ट्रिय सभामा पनि कांग्रेसका सांसदहरुले त्यही विषयलाई लिएर अवरोध गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org