ताजा समाचार

रसुवामा विप्लवलाई धक्का, जनसरकार प्रमुखसहित किसान विद्यार्थी संयोजकलले गरे पार्टी परित्याग

रसुवा । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका रसुवा जिल्ला जनसरकार प्रमुखसहित अन्य मुख्य नेतृत्वमा रहेका तीन जनाले पार्टी परित्याग गरेका छन् ।

रसुवा जिल्लामा सक्रिय ढंगले विप्लव नेतृत्वको नेकपामा संलग्न रहेका किसान संयोजक, विद्यार्थी संयोजक र जिल्ला कमिटि सदस्यले पार्टी परित्याग गरेर राजनीतिको मुलप्रवाहमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आम सर्वसाधारण जनता सहर जीवनयापन गर्ने बताएका छन् ।

पार्टी परित्याग गर्नेमा रसुवा जनसरकार प्रमुख झक्कबहादुर भुसाल (जेवी), किसान संयोजक इन्द्र पाैडेल, विद्यार्थी संयोजक नविन घिमिरे (साजन) र रसुवा जिल्ला कमिटि सदस्य रामशरण पाैडेल रहेका छन् ।

विप्लव नेतृत्वको नेकपा परित्याग गरेको भन्दै उनीहरुले सार्वजनिक रुपमा जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी समक्ष लिखित सहमति गरेपछि राजनीतिको मुलप्रवाहमा होमिने दावी गरेका छन् ।

उनीहरुले पार्टी परित्याग गर्दा कालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुष्पराज न्याैपाने, नागरिक समाज रसुवाका संयोजक बाबुलाल तामाङ र रसुवा महिला संजाल धुन्चे अध्यक्ष सुनिता गुरुङको रोहबरमा उनीहरु सार्वजनिक भएका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय रसुवामा उपस्थित भएर आफू साधारण नागरिक सरह जीवनयापन गर्ने भन्दै प्रतिबद्धता जाहेर गरेको प्रजिअ भण्डारीले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org