ताजा समाचार

पुलको शिलान्यास गर्न पुगेका मन्त्री महासेठ सवार गाडी खोलामा डुब्यो !

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

खहरेखोला पुलको शिलान्यास गरेर फर्किने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो ।

खोलामा गाडीको आधा भाग डुबेपछि क्रेनको प्रयोग गरेर उनी सवार गाडी निकालिएको थियो । तर, मन्त्री महासेठ भने सकुशल रहेका छन ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org