ताजा समाचार

सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन

काठमाडाै । सडक विस्तारका लागि लामो समयदेखि भत्काइएको बाटो निर्माण नभएको भन्दै थलीका स्थानीयबासीले प्रदर्शन सुरु गरेका छन्।
लामो समयदेखि सडक निर्माण नगरिएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन्। सवारीसाधन अवरुद्ध नै गरेर स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ।

सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org