ताजा समाचार

गुठीयारमाथि भएको धरपकडको नैतिक जिम्मेवारी म लिन्छुः गृहमन्त्री थापा

काठमाडौं । गुठीयारहरुको आन्दोलनमा माइतिघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मावारी सरकारले लिएको छ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै धरपकडको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन् । नागरिकको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री थापाले नागरिक अधिकारको रक्षा गर्न सरकार तत्पर रहेको दाबी गरेका हुन् । 

गुठी विधेयकको विरोधमा आइतबार सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए । सोहि प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा वर्षाएको थियो । 

सरकार मनमा उत्रेको भन्दै प्रमुख प्रतिपक्षी दन नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि आज मंगलबार गृहमन्त्री थापाले सदनमा जवाफ दिदै सरकारले नैतिक जिम्मेवारी लिने वताएका हुन् । यस्तै गृहमन्त्रीले निष्पक्ष छानविन हुने भन्दै महनगरिए प्रहरीले छानविन सुरु गरेको जनाएका छन् । 

प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको गृहमन्त्रीले बताए । ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’

गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org