ताजा समाचार

प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुलेकै हो त ? प्रधानमन्त्री ओलीले बेलायतमा के भने त्यस्तो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनबारे बेलायतमा वामपन्थि दलले गरेको सहमतिका आधारमा सरकार चल्ने वताएका छन् ।

बेलायत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री ओलीले “के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?” भन्ने एक प्रश्नको उत्तरमा दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने भन्दै नरम जवाफ फर्काएका छन् ।

केहि दिन पहिले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणको क्रममा भारत रहेका बेला प्रचण्डले सरकार र पार्टी आलोपालो चलाउने सहमति भएको भन्दै आफ्नो स्पेस खोजेका थिए ।

प्रचण्डले शिर्ष तहमा भएको सहमतिका आधारमा सरकार र पार्टी चल्ने भन्दै आफूले कि पार्टी की सरकारको नेतृत्व गर्ने बारे सांकेत गरेका थिए । प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने कुरा गरेपछि नेकपाको उच्च राजनीतिक तहमा समेत यसले चर्चा पाएको थियो ।

थोरै रिजर्व देखिएका प्रधानमन्त्री ओलीले सरकार परिवर्तनबारे खुलेरै कहि कतै धारणा सार्वजनिक गर्ने गरेका छैनन् । तर, प्रचण्डले भने आफ्नो भुमिका खुम्चिएको महशुस गरेकै बेला नेकपाका उच्च तहका नेताहरुले समेत प्रचण्ड आफै सेकेण्ड म्यान बन्न पुगेको जनाउदै आएका छन् ।

यसरी प्रचण्डलाई सेकेण्ड म्यान बनाइएको भन्दै विरोध होला भन्ने डरले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सामान्य र सन्तुलित आएको अनुमान लगाउन थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org