ताजा समाचार

काभ्रेबाट १ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ

काभ्रे । काभ्रे जिल्ला बनेपा नगरपालिका- १ नाला टुकुचाबाट १ लाख ७१ हजार नगदसहित ५ जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका सोमबार बेलुका ८ बजे छापा मार्नेक्रममा नगदसहित पाँचजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उनले लुकिछिपी नाला टुकुचामा योग्रेन्द्र श्रेष्ठले तास खेलाइरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा घरधनी योग्रेन्द्र श्रेष्ठसहित अन्यलाई पक्राउ गरेको बताए । ५२ पन्ती ताससहित घरधनी योगेन्द्र श्रेष्ठ, सगुन श्रेष्ठ, सचेश श्रेष्ठ, संजय श्रेष्ठ र मुकेश थापा पक्राउ परेका हुन् ।

उनीहरुलाई मंगलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट जुवा तास ऐन को म्याद थप गरी थप अनुशन्धनका लागि इलाका प्रहरी कार्यालय बनेपा राखिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

बनेपा क्षेत्रलाई जुवारहित नगर बनाउका लागि आफू र इलाका प्रहरी कार्यालय बनेपा लागिपरेकाले यसमा सबैले सहयोग गर्न समेत भट्टराईले आग्रह गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org