ताजा समाचार

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापती थापा चिन भ्रमण जाने

काठमाडाैँ ।  प्रधानसेनापति  पूर्णचन्द्र थापा उत्तर छिमेकी चीन र अमेरिकाको भ्रमणमा जाने भएका छन्।

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आगामी असारको पहिलो साता चीन भ्रमणमा जान लागेका हुन्।

साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पुष्टि गरेका छन्।

प्रधानसेनापति थापाको चीन भ्रमण १–७ असारमा हुने बताइएको छ। उनी छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा छलफल गर्नेछन्।

राजनीतिक नेतृत्वले झैँ सैनिक नेतृत्वले पनि पहिले मित्र राष्ट्र भारतको भ्रमण गर्ने र त्यसपछि चीन भ्रमणमा जाने प्रचलन रहँदै आएको छ।

प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको भ्रमण ०७५ मा नै गरिसकेका छन्। उनको अमेरिका भ्रणको कार्यतालिका पनि यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रधानसेनापति भएको केही समयपछि नै भारत जाने प्रचलन भएपनि भारतले आयोजना गरेको बिमस्टेक राष्ट्रका सेना प्रमुखको सम्मेलन र सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयपछि भारत भ्रमणमा ढिलाई भएको थियो।

प्रधानसेनापति भएपछि भारत भ्रमणमा जाने नेपाली सेना प्रमुखलाई भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी दिने प्रचलन छ। नेपाली आउने भारतीय सेना प्रमुखले पनि यस्तै सम्मान पाउने गरेका छन्।

१–७ असारमा हुने चीन भ्रमणलगत्तै प्रधानसेनापति थापा अमेरिका भ्रमणमा जाँदैछन्। संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको ‘चिफ अफ डिफेन्स कन्फरेन्स’ मा सहभागिताका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org