ताजा समाचार

पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

काठमाडौँ ।  पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

पप्पु कन्ट्रक्सनले बनाएका अधिकांश संरचना मापदण्ड अनुसार नबनाइएको पाइएपछि केहि समय पहिले जनस्तरमा व्यापक विरोध सुरु भएको थियो । निर्माण आयोजनाको गुणस्तर कायम नगरेर संरचना नबनाउन निर्देशन दिएपननि अटेर गरेर निर्माण कार्य अगाडी बढाएको जिकिर गर्दै कारबाही गर्न निर्देशन दिइएको जनाइएको छ ।

अरनिको राजमार्गमा पर्ने तीनकुनेस्थित वागममती नदीमा बनाउन लागिएको पुलमा समस्या देखिएपछि समितिले जेठ ३ गते स्थलगत अध्यन गरेको थियो । अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो।

तर, पप्पु कन्ट्रक्सनले उक्त निर्देशनको पालना नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ।

उक्त पुलको ठेक्का ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुष ४ गते ठेक्का भएको थियो। २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुलको अझै निर्माण सम्पन्न हुन सकेका छैन। पुलको ठेक्का उपत्यका सडक विस्तार आयोजनाले गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org