ताजा समाचार

फिफा वरियतामा नेपालको ४ स्थान खस्कियो !

काठमाडौं । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो ।

नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।

नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरियता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो । यस्तै नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो , पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

छैटौ स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org