ताजा समाचार

बम विस्फोटका घाइते श्रेष्ठको अस्पतालमै मृत्यु

काठमाडाैं । राजधानीमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा परेर गम्भीर घाइते भएका थप एक जनाको निधन भएको छ ।

उपचारको क्रममा ओम अस्पतालमा रामेछाप मन्थली नगरपालिका ०४ का रामकुमार श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको मृत्यु भएसँगै बम विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

यसअघि विस्‍फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा अन्य २ जनाको पनि मृत्यु भएको थियो। सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलको आइसियुमा उपचार भइरहेको थियो।

बम विस्फोटमा परेर घाइते भएका अन्य दुईजना सुरेन्द्र महर्जन र हरि खड्काको अहिले पनि ओम अस्पतालमै उपचार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org