ताजा समाचार

साताब्यापी युरोप भ्रमणबाट प्रधानमन्त्री स्वदेश फिर्ता, गुठी विधेयक सच्याउने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ९ दिने युरोप भ्रमण सकेर स्वदेश फर्केका छन् ।

युरोप भ्रमणका लागि गएको जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली आज आइतबार कतार एयरवेजको विमान मार्फत काठमाडाैं ओर्लिएका हुन् ।

साताब्यापी युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय विमानस्थल काठमाडाैंमा संचारकर्मीहरुसँग कुराकानी गर्दै धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने कुनै कुरा जानेर नजानेर सरकारबाट भएको भए गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

उनले अघि भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org