ताजा समाचार

ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु !

डडेल्धुरा । ट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा एक जना शिक्षकको ज्यान गएको छ ।

आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनिको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना हुँदा कलौनिको ज्यान गएको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बीरबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा यही ठाउँका पदम राना सामान्य घाइते भएका छन् । ट्याक्टटर चालक धनजीत धामी भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org