ताजा समाचार

जहाज वेच्ने आकासमा प्रतिबन्ध लगाउने कुरा मिल्दैन, युरोपमा नेपाली जहाज छिट्टै उड्नेछन्ः प्रधानमन्त्री

काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सले जनाह नेपाललाई वेच्ने तर आकासमा प्रतिबन्ध लगाउन नसुहाउने भन्दै युरोपमा नेपाली जहाज युरोपका आकासमा उड्ने वताएका छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणबारे छानविन भइरहेको जनाएका छन् । छानविन बइरहेका बेला बोल्नु त्यति राम्रो नहुने भन्दै तर्केका ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्देोष रहेको दाबी गरेका छन् । 

पत्रकारले वाइडबडीबारे गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,  ‘वाइडबडी चैं छानबिन हुँदैछ । छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ प्रधानमन्त्री ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ । तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन । छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’

यस्तै, फ्रान्सले आफनो आकासमा नेपाली ध्वजाबहाक विमानलाई प्रतिबन्ध लगाएको धेरै ालामो समय भएपनि जहाज भने वेचिरहेको छ । प्रधानमन्त्री ओलीले डाबोसमा गएका बेला समेत प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए । तर, अहिले उनको आैपचारीक भ्रमनका बेला समेत कुरा ठेपनि यसबारे कुनै सहमति भने हुन नसकेको जनाइएको छ ।

विश्वका जुनसुकै कुनामा नेपाली विमान उडाउन गम्भीरताका साथ सरकार लागि परेको दाबी गर्दै प्रधानमन्त्री ओलीले नेपाली जहाज छिट्टै युरोपका आकासमा उड्ने वताए  । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org